राजन दाहाल उर्फ माउ खाने माकुरे प्रबृत्तिको बारेमा जानकारी नहुने को होला र ? सार्बजनिक नगरौं भनेको तर गर्नै पर्ने स्थिति बन्यो , यो प्रबृत्तिको विरुद्ध नेकपा काल देखि नै बोल्दै आएको र हिजो र आज पनि त्यही प्रबृत्तिका संरक्षककर्तालाई साथ दिनेहरु जो आफनै पार्टीका हुन् जसको मक्सद , दुखै दिनै पर्छ भन्ने सोच्ने गलत नियतका कारण जटिल अबस्थामा पनि मैले भन्दा पनि मेरो कलिलो छोरी र उसको आमाको मानसिक यातनायुक्त समस्या पनि भोगेकै छु ।
तपाईंलाई थाहा होला नि पन्चायतमा केही थान पञ्चहरु जनपक्षीय हुन्थे तर अधिकांस आफै झगडा उत्पन्न गराउथे र सक्दो कोशेली खान्थे र अनि आफै मिलाएको जस्तो गरेर फेरि सधैको लागि आफ्नै पक्षमा पार्ने भन्ने प्रपन्च रच्थे । यहाँ जिल्लाका धेरै घटनामा त्यस्तो पञ्चे शैलीको रोल खेलेर शक्तिको दुरुपयोग गर्यो भन्ने कुरा तपाईंलाई थाहा नै छ ।
मलाई राजन दाहाल सँग ब्यक्तिगत दुश्मनी छैन । तर उनको प्रबृत्ति कस्तो छ अस्ति नोमिनेशन दर्ता गर्ने दिन हाम्रै गोलन्जोर तिरका एकजना नेतालाई एउटा माओवादी कार्यकर्ताले भनेछन्, अब राजन र प्रदिप जिताउने हो तपाई हामी मिलौँ ।
उनले तिनलाई मुखभरिको जवाफ दिएछन्, अब तिम्ले भगवान ठानेको राजन यति कमजोर भै सकेको हो र ? अब यता यसलाई उता उसलाई भनेर मिल्ने ? प्रदिप आफै जनपृय छन् । ओलिको खास मान्छे पार्टीको श्रद्धेय अध्यक्ष केपि शर्मा ओलि विरुद्ध अनेक फन्डा गर्ने सँग एमाले कार्यकर्ताले हात मिलाउदैन । त्यसपछि तिनी लुरुलुरु आफ्नो बाटो लागे रे ।
अहिले राजन दाहाल जसलाई हिजो माओवादीका नेता हरिबोल ले नै सिन्धुली ल्याए अनि माउ खाने माकुरोको छोरो जस्तै घेराबन्दी गरेर हरिबोल सक्काइदिए । आज तिनै हरिबोलको र तल्लो जमिनको बलियो साथ पाएर महेश्वर दाहालले बागी हालेपछी नेकपा एमालेका लोकप्रिय उम्मेदवार एबं बौद्धिक ब्यक्ति , परराष्ट्र , सुरक्षा जस्ता मामलाका जानकार नेता सुर्य ध्वजाबाहक उम्मेदवार क. मनोज जंग थापालाई अनेक लान्छना लगाउन उद्यत खेल रचेछन ।
म स्मरण गराउन चाहान्छु तत्कालीन युवा संघका अध्यक्ष हाम्रो पार्टीका नेता क.कर्ण घिसि र शंकर लुंगेलीहरु जस्ता सिन्धुलीका जुझारु योद्धाले ज्यान बक्सिस दिएर तह लाएको अराजकतालाई फेरि हाम्रो विरुद्ध प्रयोग गर्ने हिम्मत प्रयोग गर्ने कोसिस कसैले नगरोस् ।
गठबन्धन बाहेक अहिलेसम्म निर्वाचनमा नतिजा हासिल गर्न नसकेको बैशाखीकै साहारामा बिजयको ताज पहिरिएको हो भन्ने कसैले पनि भुलेका छैनन् !
मनोज जंग थापा चुनवाङको बैठकमा प्रचण्ड सँग लाइनमा बसेर शहिदको सम्झनामा भावुक भै रहदा तिनि कुन चाहिँ प्रहरी चौकीमा आफुलाई आन्दोलनको सारथि होइन भनिरहेका थिए ? हिजो माओवादी आन्दोलनलाई चिन , मध्य पुर्बका देश युरोपका देशमा नैतिक समर्थनको लागि ज्यानको बाजि लाएर लुकिलुकी काम गरिरहदा तिनी कता थिए ?
माओवादीलाई शान्ति बार्तामा डोर्याउन बार्ताको टेबुल सम्म बस्ने कामको सुत्रधार मनोज जंग थापा हुन् भनेर डा. सुनिल शर्माले बोल्दै गर्दा ती भगैडाको हैसियत के थियो ? नेकपाको निरंतरता स्वरुप एमालेमै हुनु भएका नेतालाई आजै अपमान गर्ने र हिजोको युद्धको बेलामा अत्तोपत्तो नहुनेलाई महान बनाउनेहरुले हेर्नू पर्यो । महान शहिद शेरमान कुवरकी पत्नी क. शिलालाई आज अत्याधिक मतका साथ एमालेले केन्द्रिय सदस्य बनाएको छ । तसर्थ आफू टेकेको जमिन हेरेर कुरा गरौं ।
सोचेको थिइन यसपाला त नीति बनाउने ठाउँमा गए सुधृए तर उस्तै लबजमा गाली गर्ने भाट जम्मा पारेर अरुले गरेको कामको पनि जसलिने शैलीमा त प्रस्तुत गरिहाले जसैगरी बिरालोले जत्तिनै बाघ बनाउन प्रयत्न गरेपनी म्याउ गर्ने शैलीमा !
धन्यवाद !