शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ माघ ०७ गते बुधबार यस्तो छ तपाईको राशिफल

बुधवार , माघ ७, २०८२

आज बिस २०८२ माघ ७ गते बुधबार ईसं २०२६ जनवरी २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, घनिष्ठ नक्षत्र, व्यतीपात योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरे सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य लाभ मिल्नेछ । सामान्य रोगले सताउन सक्छ । सहयोगीहरूले हात झिक्दा केही समस्या बढ्न सक्छ । धन तत्काल खर्च गर्नुपर्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साह जनक समाचारले खुशी बढाउनेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आशा गरेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्ति हुने योग छ । दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- धार्मिक अनुष्ठान र मंगलमय काम सम्पन्न हुन सक्छ । व्यवसायमा लाभ हुनेछ । कार्यमा प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछ भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिल्ने सम्भावना छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । गोपनीयतामा ध्यान दिनुहोला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही समस्या देखिन सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कीर्तिमानी काम सम्पन्न हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । नयाँ कामको सुरुवात खासै सहज छैन । कार्यमा केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- गरिएका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । साना समस्या आएपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ वा वाग बगैंचा सम्बन्धी काममा आकर्षण बढ्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला । गरीसकेको काम निरन्तरता दिनुहोस् । पिडा दिने व्यक्ति सक्रिय हुन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर छुट्न सक्ने सम्भावना छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर पाउन सकिनेछ । मनन, ध्यान वा रचनात्मक काममा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न काम सम्पन्न गर्न सकिनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनबाट लाभ हुने समय छ । प्राकृतिक वातावरणमा रमाइलो समय बित्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया