शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ माघ ०६ गते मंगलबार यस्तो छ तपाईको राशिफल

मंगलवार , माघ ६, २०८२

आज बिस २०८२ माघ ६ गते मंगलबार ईसं २०२६ जनवरी २० नेपाल सम्बत ११४६ पोहेलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण द्वितीया, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, सिद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज अचानक धन लाभको योग देखिन्छ । पहिलेको प्रयासबाट आम्दानी हुने सम्भावना छ । पैसा सम्बन्धी विषयले उत्साह बढाउनेछ । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा सम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ । साथी तथा घर परिवारको साथ समर्थनले मानसिक शान्ति मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आज नसोचेको ठाउँमा खर्च हुन सक्छ । अनावश्यक खर्चका कारण मन खिन्न हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा सचेत रहनु राम्रो हुनेछ । बजेट व्यवस्थापन नगरे समस्या आउन सक्छ । खर्चभन्दा बचततर्फ ध्यान दिनु उपयुक्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आफन्त तथा नजिकका व्यक्तिसँगको भेटघाटले मनलाई खुसी बनाउनेछ । प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ । भावनात्मक रूपमा सन्तुष्ट महसुस हुनेछ र पुराना सम्झनाहरू ताजा हुन सक्छन् । सामाजिक सम्बन्ध अझ प्रगाढ बन्ने दिन हो । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज धन आर्जनका अवसर प्राप्त हुन सक्छन् । नियमित आम्दानीसँगै बचत बढ्ने प्रबल सम्भावना छ । नयाँ काम, व्यापार वा योजना बारे सोच्ने र योजना बनाउने समय अनुकूल देखिन्छ । भविष्यका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आज कामलाई मनोरञ्जनात्मक तरिकाले सम्पन्न गर्न सकिनेछ । सिर्जनात्मक सोचले नयाँ अवसर खोल्न सक्छ । रमाइलो वातावरणमा काम गर्दा सफलता मिल्ने सम्भावना उच्च छ । पशुधन, कृषि वा जमिन सम्बन्धी कामबाट सामान्य लाभ प्राप्त हुन सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- आज वादविवाद वा विवादास्पद परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ । बोली र व्यवहारमा संयम अपनाउनु आवश्यक छ । आगो, धारिलो वस्तु तथा मेसिनरी सामाग्रीबाट सावधान रहनुहोस् । आज बनाइएका सबै योजना पूर्ण रूपमा सफल नहुन सक्छन् । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- जागिर वा पेशा सम्बन्धी काममा केही मानसिक दबाब महसुस हुन सक्छ । मान सम्मान र प्रशंसा त पाइएला, तर मनमा अनावश्यक डर वा चिन्ता रहन सक्छ । स्वास्थ्यका दृष्टिले समय अनुकूल छ । आर्थिक लाभका संकेत पनि देखिन्छन् । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आजको दिन रमाइलो र हलुका मनस्थितिमा बित्नेछ । मनोरञ्जन, घुमफिर वा मनपर्ने काममा समय बिताउन सकिनेछ । कामको चाप कम हुने भएकाले फुर्सद मिल्नेछ । मानसिक सन्तुष्टि र प्रसन्नता प्राप्त हुने दिन हो । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- आज अप्रत्याशित लाभको सम्भावना छ । काम प्रति रुचि र ऊर्जा बढ्नेछ । व्यवसायमा थप लगानी गर्ने सोच बन्न सक्छ । वैदेशिक रोजगारी, व्यापार वा सम्पर्कबाट फाइदा हुने संकेत देखिन्छ । आत्मविश्वास बढ्ने दिन हो । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आज अनावश्यक झमेलामा फस्न सक्ने सम्भावना छ । साना कुराले ठूलो समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । आर्थिक रूपमा केही हानि हुन सक्छ । आलोचक वा पीडा दिने व्यक्तिहरू सक्रिय हुन सक्छन् । स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आज धन आर्जनका दृष्टिले राम्रो दिन रहनेछ । अन्न, कृषि वा खाद्य सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ । कसैको सहयोग र समर्थनले काम सहज बन्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध मजबुत हुने दिन हो । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आज राम्रो आम्दानीका कारण मन प्रसन्न रहनेछ । आर्थिक क्षेत्रमा क्रमिक उन्नति देखिन्छ । नसोचेको स्थान वा स्रोतबाट धन लाभ हुन सक्छ । यसले आत्मविश्वास बढाउनेछ र भविष्य प्रति आशावादी बनाउनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया