शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज सोमवारको मौसम पूर्वानुमान

सोमवार , माघ ५, २०८२

काठमाडौँ ०५ माघ -हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहेको छ।

आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया