शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ माघ ०४ गते आइतबारको राशिफल

आइतवार , माघ ४, २०८२

आजको राशिफल बिस २०८२ माघ ०४ गते आइतबार ईसं २०२६ जनवरी १८ नेपाल सम्बत ११४६ पोहेलाथ्व औंसी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण औसी, चन्द्रमा धनु राशिमा, मूपुर्वाषढा नक्षत्र, हर्शण योग, चतुष्पाद करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि अन्ततः समाधान हुने देखिन्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने सम्भावना छ । पति पत्नी बीच मनमुटाव बढ्न सक्छ । आयआर्जनमा कमी आउँदा वादविवादको स्थिति सिर्जना हुन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आयआर्जन बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । साथीभाइबाट धोका पाउने सम्भावना छ भने परिवारजनबाट पनि अपेक्षित साथ नपाइन सक्छ, सावधान रहनुहोला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- नयाँ सीप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा उल्लेखनीय प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा रुचि बढ्नेछ । कृषि तथा पशुपालनबाट लाभ मिल्ने सम्भावना छ । यात्रा फलदायी बन्नेछ र काम प्रति उत्साह बढ्नेछ । सन्तानबाट पनि सुख प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ । चिताएको काम पूरा हुने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । नयाँ कामको थालनी हुनेछ । परिश्रमको उचित मूल्यांकन हुनेछ, तर वैदेशिक रोजगारीसँग सम्बन्धित काममा केही समस्या आउन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- खर्च लागेपनि दीर्घकालीन फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ । विद्यार्थीहरूमा पढाइ प्रतिको एकाग्रता घट्न सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुने सम्भावना छ । विश्वासमा पारेर धोका दिनेहरूबाट सावधान रहनुहोला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- विशेष सभा समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ । मान सम्मानमा वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक कार्य प्रति रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगबाट ठूलो फाइदा लिन सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व भने बढ्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ । पढाइमा सुधार आउने दिन छ । सामान्य व्यापार तथा उद्योगबाट राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको सदुपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । आर्थिक अभावले भने केही सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका पाउने सम्भावना भएकाले होसियार रहनुहोला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- कृषि तथा पशुपालनबाट अपेक्षित लाभ नहुने भएपनि व्यापारबाट राम्रो फाइदा हुने योग छ । आर्थिक अभावले केही दबाव सिर्जना गर्न सक्छ । व्यवसायमा उतार चढाव देखिन सक्छ । पेट तथा छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने समय अनुकूल छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- चुनौतीहरू पन्छ्याउँदै रोकिएका काम सम्पन्न गर्न सकिनेछ । धैर्यपूर्वक अघि बढ्नु पर्ने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसरहरू प्राप्त हुनेछन् । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म तथा चौपायाबाट पनि प्रशस्त लाभ मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- गरेका कामबाट प्रशस्त लाभ प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुने योग छ । रोकिएका कामहरू पुनः सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । आयआर्जनका स्रोतहरू विस्तार हुनेछन् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन तथा जनसम्पर्कको लाभ मिल्नेछ । आम्दानीका विभिन्न माध्यमहरू फेला पर्नेछन् । यात्राको योग प्रबल छ । रोजगारीमा अवरोध तथा प्रतिकूल स्थानान्तरण जस्ता समस्या देखा पर्न सक्छन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया