शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ पुस १३ गते आइतबारको राशिफल

आइतवार , पौष १३, २०८२

आज बिस २०८२ पुस १३ गते आइतबार ईसं २०२५ डिसेम्वार २८ नेपाल सम्बत ११४६ पोहेलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, वारियान योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- कामहरु पनि सजिलैसँग बन्नेछन् । साथै टाढाको यात्रा हुने योग छ । ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्चभन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । कसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-  अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नुहोला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनु होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ । अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ, पढाइमा प्रगती होला । साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भएपनि सफल हुनेछ, दिन रमाइलै छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया