शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ पुस ११ गते शुक्रबारको राशिफल

शुक्रवार , पौष ११, २०८२

आज बिस २०८२ पुस ११ गते शुक्रबार ईसं २०२५ डिसेम्वार २६ नेपाल सम्बत ११४६ पोहेलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैँया पैसाको हानी हुन सक्छ । धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्ने छन्, सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज तपाइको खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छर छिमेकबाट सर सहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरै काम बन्नेछन् । धन पनि मनग्य कमाउनु होला । साथै भाग्य पनि बलियो छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला । आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन् । पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस पुर्याउनु होला । बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- महत्वपूर्ण काम धेरै बन्ने छन् । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ । ब्यापार, कृषि तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया