२०८२ मंसिर १ गते (१७ नोभेम्बर २०२५) साेमवार, मार्ग कृष्णपक्ष त्रयाेदशी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १६ः५६ बजेपछि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् ।कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- व्यवसायका लागि यात्राको सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला । छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ ।समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्