तिमी बिना मनमा केही,मिठास हुँदैन।
फिजेको त सुवास जस्तो,उल्लास हुँदैन।
तिमी बोल्दा संसारै,अर्कै लाग्दछ मलाई,
अरुको स्वरमा यस्तो,विश्वास हुँदैन।
तिमी हाँस्दा उज्यालो,भरिन्छ अाँखाभरि,
अन्धकारमा यहाँ यस्तो,प्रकाश हुँदैन।
तिमी छुने पवनले नै,चलायो जिन्दगी,
सास चल्छ तर त्यो,अाभास हुँदैन।
जूनको रातमा पनि,हर शब्द तिमी सम्झेरै,
तिमी बिना गजलमा,मिठास हुँदैन।