शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ असोज ३० गते विहिबारको राशिफल

बिहिवार , आश्विन ३०, २०८२

आजको राशिफल बि.सं. २०८२ असोज ३० गते विहिबार ई.सं. २०२५ अक्टोबर १६ नेपाल सम्बत ११४५ कौलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष दशमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शुभ योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: ४ बजे र सूर्यास्त साँझ ५ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३२ मिनेट देखि ७ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व खाद्य दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- काममा उत्साह र लगाव बढ्नेछ । व्यवसायमा थप लगानी गर्न सकिनेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । अप्रत्याशित लाभको सम्भावना छ । नयाँ अवसर र स्रोत फेला पर्न सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- पीडा दिनेहरू सक्रिय हुने समय भएकाले सावधान रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । धन नाशको योग छ । अनावश्यक विवाद वा झमेलामा पर्न सकिन्छ, त्यसैले खानपान र व्यवहारमा सचेत रहनुहोस् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- अन्न, कृषि तथा पशुधन सम्बन्धी काममा लाभ मिल्नेछ । अरूको समर्थन र सहयोग प्राप्त हुनेछ । रमाइलो र उत्साहपूर्ण तरिकाले कार्यहरू सम्पन्न गर्न सकिनेछ । जमिन सम्बन्धी लाभको पनि सम्भावना छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफ्ना योजनाबाट अपेक्षाभन्दा बढी लाभ मिल्ने सम्भावना छ । निर्माण र व्यवहारिक क्षेत्रमा सफलता पाइनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- धन आर्जनका अवसर मिल्नेछन् । लामो यात्राको योग छ । साथीभाइ र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । धनमाल कमाउने सम्भावना बढ्ने दिन छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- अनावश्यक खर्चले मन पिरोलिन सक्छ । सोच्दै नसोचेको ठाउँमा खर्च बढ्ने सम्भावना छ । धनमाल हराउने वा हानी हुने योग छ, त्यसैले खर्चमा संयम अपनाउनुहोस् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । तर, भाग्यले पूर्ण साथ नदिई खर्च बढ्न सक्छ । लेनदेन र सम्बन्धमा विवाद बढ्ने सम्भावना छ । संयम र धैर्यका साथ काम गर्नु बुद्धिमानी हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- बचत हुने सम्भावना प्रबल छ । नयाँ कामका योजना बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्राको अवसर मिल्ने र फाइदा हुने दिन छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- नयाँ योजना र अवसर फेला पर्न सक्छन् । रमाइलो तरिकाले काम सम्पन्न गर्न सकिनेछ । पशुधन र जमिनबाट लाभ मिल्ने सम्भावना छ । अधूरा काम पूरा हुनेछन् । नोकरी वा राजनीतिमा सफलता हात लाग्न सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- आगो वा मेसिनरी उपकरणबाट सावधान रहनुहोस् । विवादको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तथापि, परिश्रमले आर्थिक क्षेत्रमा प्रगति हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- मान सम्मान प्राप्त हुनेछ, तर मनमा हल्का डर रहनेछ । स्वास्थ्य अवस्था सामान्य र सन्तोषजनक रहनेछ । आर्थिक लाभ र व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाउने र भेटघाटमा सहयोग प्राप्त हुने योग छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया