आजको राशिफल बि.सं. २०८२ असोज २८ गते मंगलबार ई.सं. २०२५ अक्टोबर १४ नेपाल सम्बत ११४५ कौलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष अष्टमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: ०३ बजे र सूर्यास्त साँझ ५ बजेर ३८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर २२ मिनेट देखि ९ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भौमाष्टमी व्रत/गोरखकाली पूजा/राधाष्टमी व्रत रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउँछ भने मित्रजनसँग भेटघाट पनि हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विचारपूर्वक मात्र चलाउनुहोस् । खानामा सचेत रहनु पर्ने दिन हो । अनावश्यक झमेलामा परिने सम्भावना छ । यात्राको क्रममा सावधान रहनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आज तपाईंको धनजनमा वृद्धिको सम्भावना छ र कसैबाट समर्थन पाइनेछ । ठूला व्यक्तिसँग पनि भेटघाट हुनेछ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ हुनेछ र अनौठो खबर सुन्न पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कामको सफलताले थप काम गर्ने हौसला दिनेछ । पुराना कामहरू आजै सम्पन्न हुन सक्ने दिन हो । आयआर्जन हुने दिन हो । यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा हर्ष ल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा हुने दिन हो । लेनदेनको काम नगरेकै राम्रो हुन्छ । घरमा पाहुना आउने दिन हो । धनको लाभ हुनेछ । रमाइलो यात्राको योग पनि छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- स्वास्थ्यको लागि खानामा ध्यान दिनुहोस् । धनको नाश हुन सक्छ । प्रेममा धोका प्राप्त हुने सम्भावना छ । साना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ भएपनि काम समयमै पूरा नहुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- काममा सोचेजस्तो सफलता मिल्नेछ र उन्नति गर्ने अवसर प्राप्त हुनेछ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर रहनेछ । सोचेको काम समयमै सम्पन्न नहुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता प्राप्त हुनेछ र धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष ल्याउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- विपरित लिङ्गीको सहयोगले मन हर्षित हुनेछ । काम गर्नमा थप जाँगर आउनेछ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन हो र व्यापारमा पनि फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता कमै प्राप्त हुनेछ । समयको व्यर्थ नाश हुन सक्छ । मनमा उदासी बढ्ने काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन् । विश्वास गरेका व्यक्तिबाट धोका मिल्ने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- मनमा केही द्विधा रहन सक्ने दिन हो । सामाजिक काममा नाम रहनेछ । जागिरमा भने सजग रहनुहोस् । स्वास्थ्यको दृष्टिले यो समय राम्रो छ । आर्थिक लाभ र मान सम्मान प्राप्त हुने दिन हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- प्रेम र मित्रताको बन्धन कसिने दिन हो । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको योग छ । काम बन्नाले मन रमाइलो हुनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्