शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ असोज २५ गते शनिबारको राशिफल

शनिवार , आश्विन २५, २०८२

आजको राशिफल बि.सं. २०८२ असोज २५ गते शनिबार ई.सं. २०२५ अक्टोबर ११ नेपाल सम्बत ११४५ कौलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, व्यतीपात योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: ०२ बजे र सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ३६ मिनेटदेखि ९ बजेर १२ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गैर आवासीय नेपाली दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- पैत्रिक सम्पत्तिमा विवाद आउन सक्नेछ र दाजुभाइबीच भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तबाट टाढिनुपर्नेछ । माता पिता सम्बन्धी चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिने सम्भावना छ । वैदेशिक रोजगारीमा केही समस्या आउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि वा लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी र मित्र बन्धुसँग मनमुटाव बढ्नेछ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्नेछ । मानहानि वा अपयशको सम्भावना पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कन सक्छ । पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । साझेदारीमा विवाद र पति पत्नी बीच असमझदारी बढ्नेछ । तर शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन हुनेछ । मान सम्मान प्राप्त हुनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- पेट र छाती सम्बन्धी समस्या सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता र पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- नयाँ उद्योग वा धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछन् । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुर्‍याउन सक्छ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको योग पनि छ । तर आफन्तसँग मनमुटाव बढ्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप लाग्ने सम्भावना छ । बाहिरी यात्रा र प्रवासका लागि समय अनुकूल छ । सहयोगी वा अनुयायीले प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति र मनग्ये धन कमाउने अवसर जुट्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साना व्यक्तिको सहयोगले ठूलो फाइदा लिन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ र विभिन्न अवसर प्राप्त हुनेछन् । जीवन साथी र सन्तानबाट भौतिक लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा गर्न सकिने योग छ । साथीभाइ र परिवारबाट धोका पाउने सम्भावना छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा प्रगति हुनेछ । सोच्ने शक्ति बढ्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान प्राप्त हुनेछ । जीवन साथी र सहयोगीहरूको साथले काम सहज रूपमा सफल हुनेछ । विद्यार्थीहरूको लागि विशेष उपलब्धिमूलक समय छ । घरमा सामान्य मनमुटाव हुने सम्भावना छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावना छ । बुद्धि विवेकको उपयोग गर्न नसक्ने अवस्था आउन सक्छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा पर्ने र आर्थिक संकटले सताउने योग छ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सफल हुनेछन् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कृषि र पशुपालनमा सामान्य लाभ, उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आयआर्जनका विभिन्न माध्यम प्राप्त हुनेछन् । मान सम्मान प्राप्त हुनेछ । उद्योगधन्दा र रोजगारीका अवसरहरू बढ्नेछन् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण चुनौतीको सामना गर्नुपर्नेछ । आयआर्जनका स्रोत प्रशस्त भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता प्राप्त हुनेछ । पढाइ लेखाइमा राम्रो नतिजा आउनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया