शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ असोज २४ गते शुक्रबारको राशिफल

शुक्रवार , आश्विन २४, २०८२

आजको राशिफल बि.सं. २०८२ असोज २४ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर १० नेपाल सम्बत ११४५ कौलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्थी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, सिद्धि योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६: ०१ बजे र सूर्यास्त साँझ ५ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २८ मिनेट देखि ८ बजेर ०६ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व मानसिक स्वास्थ्य दिवस परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- धेरै बोल्ने बानीले दुःख पाइने सम्भावना छ, होस पुर्‍याउनुहोस् । धन नोक्सानीको योग पनि छ । सन्तानबाट अपेक्षित सहयोग नपाउँदा केही पीडा हुनेछ । स्वास्थ्यमा समस्या आउनुका साथै उपचारमा खर्च बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आफूभन्दा ठूला व्यक्तिको सल्लाह अनुसार चल्दा समर्थन र सहयोग पाइनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको अवसर प्राप्त हुनेछ । जाँगरमा सुधार आउनेछ र आफन्तको सहयोगले रोकिएका कामहरू अघि बढ्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-  गरिरहेको कामबाट लाभ हुने समय आएको छ । धन कमाउने अवसरहरू मिल्नेछन् । काममा जोश र जाँगर बढ्नेछ, आर्थिक तथा सामाजिक लाभ पाइनेछ । उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै रोकिएका कामहरू बन्न थाल्नेछन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिवार र साथीभाइबाट सुख शान्ति पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- भौतिक साधन बिग्रिनाले लक्ष्य प्राप्त गर्न कठिनाइ हुनेछ । खर्च अत्यधिक बढ्ने सम्भावना छ । काममा लागे पनि कुन काम प्राथमिकतामा राख्ने भन्ने निर्णयमा अनिश्चितता हुनेछ । सोचेअनुसार काम नबन्ने र लगानीको रकम फिर्ता नहुने योग छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । प्रयत्न गरेको काम छोटो समयमा पूरा हुनेछ । नयाँ लुगा र मीठा परिकारको आनन्द पाइनेछ । तथापि, आज समय अलमलमा बित्ने सम्भावना छ र काममा मन नलाग्न सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आज धैर्यपूर्वक परिश्रम गर्ने दिन हो । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनेछन् । पारिवारिक सुख र आत्मबलमा वृद्धि हुनेछ । व्यापारमा पनि सोचेजस्तै फाइदा हुने दिन छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- अधुरा कामहरू पूरा हुने दिन हो । आर्थिक लाभका साथै पैतृक सम्पत्तिबाट फाइदा हुने सम्भावना छ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । सवारी साधन वा नयाँ सामान किन्ने योग पनि देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- विवाद वा झगडामा पर्न सकिने योग छ, सावधान रहनुहोस् । शारीरिक तथा मानसिक आलस्य बढ्नेछ । अनावश्यक डर, तनाव र वादविवाद हुन सक्ने भएकाले आजको समय विशेष सावधानीपूर्वक बिताउनुहोस् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- परिवारजनसँग असमझदारी बढ्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नभए पनि अरूका कारणले काममा बाधा आउन सक्छ । घर–परिवारमा खटपट र व्यवहारिक समस्या देखिनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्नेछ । पर्यटकीय स्थल वा तीर्थस्थान भ्रमण हुन सक्छ । घरायसी वातावरण सुमधुर रहनेछ र दिन रमाइलो बित्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- मनमा सद्विचार आउँदा उत्साह बढ्नेछ । मान–सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्या समाधान हुनेछन् । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । कृषिजन्य वा व्यापारिक क्षेत्रमा लाभ हुने सम्भावना छ । दान–पुण्यप्रति आकर्षण बढ्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया