मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ४० हजार नजिक

बिहिवार , आश्विन २३, २०८२

काठमाडौँ २३ असोज - नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो ।

प्रतिक्रिया