संवैधानिक सरकार छ, संविधान र कानुन बाहिरका सबै कार्यहरू अदालतको कारवाहीका बिषयमा पर्छन् । यो नबुझेर केही मानिस जेन्जीले बनाएको सरकार हो भन्ने भ्रममा छन् । साम्राज्यवाद र विस्तारवालाई परास्थ गर्दै दलका नेतृत्त्वहरू, राष्ट्रपति र सेना साथै कानुनी सल्लाहाकारहरू मिलेर २४ घण्टाको मिहिनेतपछि संवैधानिक प्रक्रिया अनुसार सुसिला कार्कीको नेतृत्वमा वैधानिक सरकार गठन भएको छ । यो सरकार देश, जनता र लोकतान्त्रिक गणतन्त्रप्रति बफादार छ ।
व्यक्ति तथा सार्वजनिक घरमा आगजनी, तोडफोड, लुटपाट गर्ने, जलाएर हत्या, राज्यसंसचनाको विध्वंस, चौकिमा आक्रमण गरेर प्रहरिको हत्या तथा हातहतियार खोसेर लाने, जेलफोडेर कैदी अपराधिहरू छुटाउने सबै खालका अपराध गरेर स्वीकारेकाहरूलाई कठघरामा राखिएन भने दण्डहीनताले सिमा नाघ्छ । सख्त कारवाही गरेर अपराधि संजालनै ध्वस्त नपारे राष्ट्रिय सुरक्षामा पनि समस्या आउँछ ।
जेन्जी विद्रोह सारमा माओवादी आन्दोलनबाट निर्माण भएको शोषितपिडित, गरिब–दुःखी, जातीय–क्षेत्रीय रुपले उतपिडित, महिला र दलित समुदायले बनाएको संवैधानिक व्यवस्था भत्काउने थियो । कथित जेनजी लिडर भएको गुरुङ केटोले फुत्त कुरा उम्कायो, “पहिला माओवादीलाई कार्वाही गर्नुपर्छ“ सबैले सुनेकै हुनुपर्छ । मलाई चाहिँ माओवादी आन्दोलन नयाँ ढङ्गले अझै जारि छ जस्तो भान परिरहेको छ ।
संवैधानिक व्यवस्था बिरुद्ध लुटको स्वर्ग खोसिएका पनि लाग्छन् र समाज बदलेर अग्रगमनतिर लानेहरू पनि लाग्छन् । समाजमा रहेका अराजकहरूलाई कसले उपयोग गर्छन् भन्ने सवाल मुख्य हुन्छ । सरकार सञ्चालन गर्नेले समाजमा असन्तुष्ट जमात केकति छन् तिनलाई सम्बोधनको प्रयास गर्ने मुख्य कार्य हुन्छ । प्रचण्डबाट कांग्रेस र एमालेले सिक्नुपर्ने तर नसिकेको सवाल यही हो । वर्तमान अन्यौलता निम्तिमा सम्पूर्ण रुपले कारण यही हो भन्नसकिन्छ । असन्तुषट जमातहरू र राज्यबाट पिडित महशुस गर्नेहरू धेरै पारेर शासन गर्नु राजनीतिक असक्षमता हो । कांग्रेस–एमाले अक्ष्यम मात्र हैनन्, अब त ती असान्दर्भिक नै भैसकेका छन् । कुनै पनि सचेत मानिसले एमाले–कांग्रेसलाई शासन गर्न, लोकतान्त्रिक गणतन्त्रको सुरक्षा गर्न र देशलाई समाजवादतिर डोहोर्याउन सक्छन् भनेर पुष्टि गर्न सक्दैनन् !
अहिलेको आवश्यकता बेलाबेलामा संवैधानिक सङ्कट निम्त्याएर प्रतिगमनको यात्रातिर डोहोर्याउने केपि मुख्य जिम्मेवार छन् । यो देशद्रोह हो । उनीलगायत त्यत्रो नरसंहार हुँदा पनि समर्थन फिर्तानगरी केपीको सारथि बनेका देउवा– लेखकहरू तथा कानुन उल्लंघन गर्ने साथै जिम्मेवारी पूरा नगर्ने सशस्त्रलाई कानुनी दायरामा ल्याउने कार्य तत्काल थाल्नु आवश्यक छ । आयोजक बन्ने तर बालकलाई सडक प्रदर्शनमा ल्याएर निषेधित क्षेत्रतिर लगेर प्याधा बनाउने जेन्जी नेतृत्त्व र सडकमा ल्याउन भूमिका खेल्ने बालेन तथा गुरुङ केटोहरूलाई राज्यविप्लव गरेको दोषमा कारवाही चलाउनुपर्छ । उनीहरू विध्वंसात्मक तथा हत्यायोजनामा रहेका धेरै प्रमाणहरू छन् । सेनाको हातमा शक्ति पुग्यो भन्ठानेर सैनिक मुख्यालय धाउने रवी, अराजक प्रसाईं, ज्ञानेन्द्र साहीको टिम तथा राप्रपाहरू तपशीलका सबै मात्र हैन विजय भावमा देखिएको ज्ञानेन्द्र र उसका हर्कतहरू सबै अराजकता र अपराधमा सम्लघ्न सबै कानुनी दायरामा आउन आवश्यक छ ! के यो सरकारले यी काम कारवाहीहरू गर्नेछन् त ? अहिलेको आवश्यकता चाहिँ यही हो ।