शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ असोज २२ गते बुधबारको राशिफल

बुधवार , आश्विन २२, २०८२

आजको राशिफल बि.सं. २०८२ असोज २२ गते बुधबार ई.सं. २०२५ अक्टोबर ८ नेपाल सम्बत ११४५ कौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, हर्शण योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर २२ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- केही नयाँ काम थाल्न समय अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा मन रमाउनेछ । आज तपाईंले सोचेका काम पूरा भएर सुखको अनुभव हुनेछ भने रुपैँया पैसाको कारोबार पनि राम्रो रहनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- साथीभाइसँग बसेर छलफल र वार्तालाप हुनेछ, जसले धन लाभको मार्ग खुलाउनेछ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा सामान्य विवाद हुन सक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु लाभदायक हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आज गरेका काममा बाधा आउन सक्छ र आर्थिक नोक्सान पनि हुनेछ । स्वास्थ्य समस्या तथा पेट खराबीले तपाईंलाई अल्छी पनमा पनि पार्न सक्छ । खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आर्थिक पक्षमा सफलता मिल्नेछ र साथीभाइसँगको भेटले मन रमाउनेछ । परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम फेरि सुरु हुन सक्छन् । पाहुनाको आगमनले पनि खुशी दिनेछ । बुद्धिको सही प्रयोगले चाहिएका काममा सफलता मिल्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- परिश्रम गर्न सके सफलता हात लाग्नेछ । यात्रा हुने सम्भावना छ । आज चिताएको काम पूरा हुनेछ भने धन लाभ पनि हुनेछ । पुराना साथी भाइसँगको भेटले मन रमाउनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- अनौठो र लाभदायक यात्रा हुन सक्छ । घर सामान बिग्रन सक्छ र परिवारमा हल्का विवाद हुन सक्छ । सामान्य रोगले सताउन सक्छ, तर सामाजिक सम्मान प्राप्त हुने समय छ । अनौठो तरिकाबाट पनि रुपैँया पैसा कमाइने सम्भावना छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- सोचे अनुसार काम नहुन सक्छ र बढी खर्चले मन शान्त नहुनेछ । सामान्य रोगले सताउन सक्छ । आर्थिक पक्ष खासै राम्रो छैन र नसोचेको क्षेत्रमा पनि पैसा खर्च हुन सक्छ । भौतिक सामानको हानी हुन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- प्रेम सम्बन्धमा केही सुधार भएपनि मानसिक तनाव रहन सक्छ । सोचेको काम पूरा नहुन सक्छ । बिहान सुखको अनुभव हुनेछ, तर बेलुकी काममा मन नलाग्न सक्छ । परिवारजनको सहयोग प्राप्त हुनेछ । नु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- शत्रु र रोग पन्छाउन प्रयास गर्नु उपयुक्त छ । पढाइमा प्रगति कम हुन सक्छ । आज पैसा कमाउने योग छ, नसोचेको ठाउँबाट आम्दानी हुने सम्भावना छ । व्यापार व्यवसायमा पनि राम्रो आम्दानी हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- गरेका काम सफल हुनेछन् भने अधुरा काम पनि पूरा हुनेछ । पैसा अनायासै खर्च हुन सक्छ । नयाँ काम थाल्न समय अनुकूल छ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ । काममा जागरुकता राख्दा धन लाभ हुनेछ । सन्तानबाट सुखको अनुभव पनि हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- झगडाको सम्भावना छ । मनमा डरले चिन्ता बढ्न सक्छ, सावधान रहनु आवश्यक छ । हल्का मनमुटाव हुन सक्छ । निर्णयमा ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आज तपाईंको सम्मान हुनेछ तर केहीले अनावश्यक डर देखाउन सक्छ । जागिरमा मन नलाग्ने समय छ । धन र मान पाउने योग छ । नोकरी तथा राजनीति क्षेत्रमा आफ्नो बर्चस्व बढाउन सकिने समय छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया