आज बि.सं. २०८२ असोज २ गते विहिबार ई.सं. २०२५ सेप्टेम्बर १८ नेपाल सम्बत ११४५ ञलागा द्वादशी- २७, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष द्वादशी, चन्द्रमा कर्कट राशिमा, तिश्य नक्षत्र, शिव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ०७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४४ मिनेट देखि ७ बजेर ५४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोर्ह श्राद्धको आज द्वादशी तिथि परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- मनोरञ्जनपूर्ण दिन रहनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने संकेत छ । विभिन्न झमेलामा फस्ने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्न सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पीडा दिनेहरू सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक छ । धन नाश हुने योग छ । अनावश्यक झमेलामा पर्न सकिन्छ । खानपानमा सतर्कता अपनाउनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- अन्न सम्बन्धी काममा लाभ हुनेछ । कसैबाट समर्थन पाउने योग छ । रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफूले अपेक्षा गरेको भन्दा बढी लाभ मिल्ने सम्भावना छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी तथा परिवारबाट सुख शान्ति मिल्नेछ । यात्राबाट धनमाल कमाउने अवसर प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- व्यर्थको खर्च बढ्नेछ । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । मनमा चिन्ता बढ्ने सम्भावना छ । धनमाल हराउने योग पनि रहेको छ, सचेत रहनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- प्रियजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । तर भाग्यले साथ नदिई खर्च बढ्ने सम्भावना छ । लेनदेनमा विवाद बढ्न सक्छ । संयमपूर्वक काम गर्नु उपयुक्त हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- बचत हुने प्रबल सम्भावना छ । नयाँ कामका योजनाहरू बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ । अनावश्यक खर्च बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ कामका योजनाहरू बन्नेछन् । रमाइलो तरिकाले काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । अधुरा काम बन्ने योग छ । जागिर र राजनीतिमा पनि सफलता प्राप्त हुने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आगो र मेसिनरी सामाग्रीबाट जोगिनु पर्नेछ । वादविवादको सामना गर्नु पर्न सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तर परिश्रमले काममा रुचि बढ्नेछ र आर्थिक क्षेत्रमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- मान सम्मान प्राप्त हुनेछ तर मनमा केही डर रहन सक्छ । स्वास्थ्यको दृष्टिले यो राम्रो समय हो । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाइलो हुने र भेटघाटमा सहयोग पाउने योग छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्