आज बि.सं. २०८२ भदौ २९ गते आइतबार ई.सं. २०२५ सेप्टेम्बर १४ नेपाल सम्बत ११४५ ञलागा अष्टमी- २३ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५२ मिनेट देखि ८ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोर्ह श्राद्धको अष्टमी श्राद्ध रहेको छ भने आज महालक्ष्मी व्रत समाप्त हुदै छ । त्यस्तै आज राष्ट्रिय बाल दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काममा स्थानान्तरण हुन सक्छ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ । घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आटेको काममा सफलता मिल्नेछ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । रमाइलो भ्रमण होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवन साथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्