मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

सुनको मुल्य अहिलेसम्मकै उच्च,आज कति पुग्यो मूल्य ?

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ २७ भदौ- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया