आज बि.सं. २०८२ भदौ २७ गते शुक्रवार ई.सं. २०२५ सेप्टेम्बर १२ नेपाल सम्बत ११४५ ञलागा पञ्चमी- २०, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, असोज कृष्ण पञ्चमी , चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २० मिनेट देखि ०८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा पञ्चमी र षष्ठी श्राद्ध रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरिर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । शरिरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तती वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढेपनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हाकिम, माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्