शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ भदौ २४ गते मंगलबारको राशिफल

मंगलवार , भाद्र २४, २०८२

आज बि.सं. २०८२ भदौ २४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ९ नेपाल सम्बत ११४५ ञलागा द्वितीया- १७, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष द्वितीय, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर २६ मिनेट देखि ०९ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोर्ह श्राद्धको दोस्रो दिन रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुनेछ । विचारले धेरैलाई आकर्षित गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ हुने योग छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हात लागि हुनेछ । धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न कठिन पर्न सक्छ । माल सामान चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोस् । विचारले धेरैलाई आकर्षण गर्ने समय छ र प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- कामको दायित्व बढ्नेछ । परिवारजनमा खर्च बढ्ने सम्भावना छ । उत्साहमा कमी आउन सक्छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । शत्रुहरूको चलखेल बढ्नेछ, केही चुनौती सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य कार्यमा संलग्नता बढ्नेछ । पढाइमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका पाउनेछ । व्यापार तथा उद्योगतर्फ लाभ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । व्यवसायिक काममा राम्रो फाइदा हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- काममा सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार सुन्न पाइनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्या सताउन सक्छ, उपचारमा खर्च हुने योग छ । पारिवारिक जमघटमा मन रम्नेछ । मनपर्ने बस्त्र वा अलंकार उपहार पाइने सम्भावना छ । कामबाट फुर्सद मिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- विद्यामा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद हुन सक्छ । तर प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछ । इष्टदेवको पूजा उपासना लाभदायी हुनेछ । केही विवादमा पर्न सक्ने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद रहनेछ । सवारी साधन प्रयोगमा सावधानी अपनाउनुहोस् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी हुने मौका छ । आर्थिक अभावले भने अलि सताउन सक्छ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । कृषि तथा चौपायाबाट लाभ हुने योग छ । नयाँ काम सुरु गर्ने समय छ । स्थायी सम्पत्ति जोड्ने अवसर मिल्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम भएपनि काममा सफलता मिल्नेछ । भाग्य उदाउने समय छ । सहयोगीहरूको साथ मिल्नेछ र सोचेजस्तै सफलता पाइनेछ । नयाँ काम सुरु गर्ने राम्रो समय छ । प्रशस्त धन आर्जन गर्ने अवसर छ । पराक्रम र उत्साह बढ्नेछ । मान सम्मान बढ्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । केही बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त हुनेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा लिन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- पुराना समस्याले झमेला दिन सक्छन् । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिवारजन र बन्धु बान्धव बीच आत्मीयता बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध सुधार्ने अवसर मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया