मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सुनचाँदीको मूल्यमा  गिरावट

सोमवार , भाद्र २३, २०८२

काठमाडौ,२३ भदौं – नेपाली बजारमा आज फेरि एक पटक सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार मात्र यो दर तोलाको २ लाख १२ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको सीधा असर नेपाली बजारमा देखिएको हो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेर तोलाको २ हजार ४७५ रुपैयाँमा झरेको छ, जुन आइतबार २ हजार ५०० रुपैयाँ थियो । सुनचाँदीको मूल्य घटेसँगै बजारमा उपभोक्ताले केही सहजता महसुस गर्ने अपेक्षा गरिएको छ । तर सुन व्यवसायीहरूले भने मूल्यमा देखिने यस्ता उतारचढावलाई सामान्य बजार चक्रको परिणामका रूपमा व्याख्या गरेका छन ्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सानो परिवर्तनले समेत स्थानीय बजारमा सीधा प्रभाव पार्ने गर्दछ ।

पछिल्लो समय सुन र चाँदी लगानी मात्र नभई वैवाहिक तथा सांस्कृतिक परम्परामा पनि महत्वपूर्ण रहँदै आएको छ। मूल्य घट्दा सामान्य उपभोक्ताले किनमेलमा सहजता पाउने भए पनि सुनचाँदी व्यवसायीहरूले भने आपूर्ति र मागबीचको असन्तुलनले बजार अस्थिर हुने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया