आज बि.सं. २०८२ भदौ १५ गते आइतबार ई.सं. २०२५ अगस्त ३१ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल अष्टमी , चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वैधृति योग, विष्टि/भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ५३ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ | आजको दिनमा गौरा पर्व (सम्बन्धित समुदायलाई मात्र), राधा जन्मोत्सव, गोरखकाली पूजा, दुर्वाष्टमी र राष्ट्रिय पुस्तकालय दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ र नयाँ ज्ञान प्राप्त हुने योग छ । वितादि लाभ पनि प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नेछ र दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पन्न हुने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- पशुपालन तथा कृषि क्षेत्रमा राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यवसायमा प्रशस्त लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने शुभकामना र काम सुरु गर्न सकिनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुनेछ । काममा आलस्य जाग्ने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि तत्काल लाभ उठाउन सकिने छैन । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- जटिल काम सम्पन्न हुँदा पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ र चिताएको काम सम्पन्न हुनेछ । पहिलेका कमजोरी सुधार्ने मौका पाइनेछ । विवादमा परिने सम्भावना छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्नेछ र नयाँ काम गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटको अवसर प्राप्त हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- शरीरमा उत्साह र उमंग बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदा हुने योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुने भएकाले मन हर्षित हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ । कामले धेरैको मन लोभ्याउनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन कठिनाइ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आर्थिक पक्ष सुदृढ हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा दिलाउनेछ । कीर्तिमानी काम सम्पन्न हुनेछ । वित्तीय लाभ हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा फाइदा हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- दुर्गम स्थान वा टाढाको यात्रा सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा सुधार आउनेछ । टाढाको यात्रा हुने सम्भावना छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ उठाउन सकिनेछ । आयआर्जन राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरी सुधार्ने मौका छ । आम्दानी बिगार्नेहरूले सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नपाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- कल्पना र भावनामा केन्द्रित हुने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सर सापटमा धन खर्च हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्