आज बि.सं. २०८२ भदौ १३ गते शुक्रबार ई.सं. २०२५ अगस्त २९ नेपाल सम्बत ११४५ ञलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष षष्ठी, चन्द्रमा तुला राशिमा, स्वती नक्षत्र, ब्रह्म योग, तैतील करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४१ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १२ मिनेट देखि ९ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सूर्य षष्ठी र विश्व आणविक परिक्षण विरुद्धको दिवस रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुने सम्भावना छ । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन अझ मजबुत बन्ने समय छ । उच्च महत्वाकांक्षाका कारण सोचिएको काम पूर्ण रूपमा सम्पादन हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोस् । राजनीतिक पहुँच बढ्ने समय छ, तर भूमि सम्बन्धी वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ । आर्थिक अभावले पनि सताउने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काममा आफन्तको सहयोग जुट्नेछ । तर ढाड वा जोर्नी सम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । आम्दानी बढ्नेछ र उत्साह थपिनेछ । आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्ने सम्भावना छ । मान सम्मानमा चोट पुग्न सक्छ । विशेष पद वा राजनीतिक व्यक्तित्वबाट धोका हुने सम्भावना पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सुखद समाचार प्राप्त हुनेछ, जसले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय, उद्योगधन्दा तथा कलामा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ । लुगा, भोजन वा विशेष उपहार हात लागि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोगले अप्ठ्यारा काम पनि सजिलै पूरा हुनेछ । भूमिबाट प्रशस्त फाइदा हुनेछ । विपरीत लिंगीको सहयोगबाट पनि लाभ हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर वा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिला सुस्ती हुनेछ । अस्वस्थताले सामाजिक तथा राजनीतिक प्रभाव कमजोर हुन सक्छ । आमाको स्वास्थ्य कमजोर हुन सक्छ । चोरी वा ठगीमा पर्ने सम्भावना प्रति सतर्क रहनुहोस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- जीवन साथीलाई पीडा हुने योग छ । स्वास्थ्य समस्याको पहिचान गर्न कठिनाइ हुन सक्छ । दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले बहिष्कार गरेका वा अनुचित आचरण गर्नेहरूसँग नजिकिनु पर्ने अवस्था आउन सक्छ । लामो समयदेखि गरिएको लगानी वा श्रमबाट अपेक्षित प्रतिफल कम मात्र मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- लामो समयदेखि रोकिएका काम सम्पन्न गर्ने मौका छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या समाधान हुने सम्भावना छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । तर, परिवारभित्र असमझदारी र साथीभाइसँग वैरभाव बढ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- पठन पाठनमा प्रगति हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । टाढाको यात्राको सम्भावना छ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ । यात्रा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- घर खर्च बढ्नेछ र व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा अवरोध पुर्याउन सक्छ । घर जग्गा वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी टाउको दुखाइ वा आँखाको समस्या बढ्ने सम्भावना छ । तर, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आर्थिक समस्या समाधान हुनेछ । तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ र आफन्तबाट टाढिनु पर्ने स्थिति आउन सक्छ । खर्च बढ्नेछ र व्यापारमा मन्दी आउनेछ । यद्यपि, लामो समयदेखि रोकिएका काम सम्पन्न गर्न सकिने दिन हो । आफन्तहरूले कमजोरी औंल्याउने वा गुनासो गर्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- स्वास्थ्य सबल बन्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट मुक्ति मिल्नेछ । पराक्रम बढ्नेछ र धन लाभ पनि हुनेछ । आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पन्न गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम गर्ने सम्भावना छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्