शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ भदौ ०८ गते आइतबारको राशिफल

आइतवार , भाद्र ८, २०८२

आजको राशिफल बि.सं. २०८२ भदौ ०८ गते आइतबार ई.सं. २०२५ अगस्त २४ नेपाल सम्बत ११४५ गुंलागा पारु-१ , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०९ बजेर २० मिनेटदेखि १० बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गुंला पर्व समाप्ति रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :-  परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिला सुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला, यात्राको पनि समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यवसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया