शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ भदौ ०७ गते शनिबारको राशिफल

शनिवार , भाद्र ७, २०८२

आज बि.सं. २०८२ भदौ ०७ गते शनिबार ई.सं. २०२५ अगस्त २३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, परिघ योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ३६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १६ मिनेट देखि ०८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कुशे औसी, बुबाको मुख हेर्ने दिन र मोती जयन्ती रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-  संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तर दायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्ती बिनै आरोप लाग्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- प्रेमको बन्धन कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्य साथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- पढाइ लेखाइमा प्रगति हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भएपनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडि कडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । शोख पूरा गर्नमा खर्च हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया