मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ,३ भदौ – नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १२ सयले घटेर तोलाको एक लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया