शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ भदौ०३ गते मंगलवारको राशिफल

मंगलवार , भाद्र ३, २०८२

आज बि.सं. २०८२ भदौ ०३ गते मंगलवार ई.सं. २०२५ अगस्त १९ नेपाल सम्बत ११४५ गुंलागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन सखर वा गुण खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा अजा एकदशी व्रत, विश्व फोटोग्रफी दिवस पनि रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउने छन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम गर्न सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । समुदायको हितमा धेरैको भलाइ हुने काम गर्न सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको योग छ । उत्साहपूर्ण रहन सकिनेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा फाइदा हुने योग छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा समस्या देखिएपनि प्रशस्त धन आर्जन हुने समय छ । व्यवसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- बेसुरमा बचन दिने बानीले दुःख पर्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोस् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा विशेष लाभ हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-  मनमा केही डर लागेपनि विभिन्न अवसरहरूले पछ्याउने छन् । बोलीको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर केही अवसर फुत्कन सक्ने भएकाले सचेत रहनुहोस् । प्रयत्न गर्दा सहयोगीमार्फत फाइदा लिन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोस् । धेरैको मन लोभ्याउन सकिने समय छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- स्वादिष्ट भोजनको आनन्द पाइनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन बलियो हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउने सम्भावना छ । गल्ती बिनै आरोप लाग्न सक्छ । सरकारी कडि कडाउको सिकार हुन सक्ने समय छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- अरूको फाइदाका लागि उपयोग भइने समय छ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल देखिन्छ । काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा पर्न सकिने भएकाले आर्थिक कारोबारमा सतर्क रहनुहोस् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । सभा समारोहमा भाग लिने मौका मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि बेसुरमा बचन दिने बानीले दुःख पर्न सक्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया