शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ भदौ ०१ गते आइतवारको राशिफल

आइतवार , भाद्र १, २०८२

आजको राशिफल बि.सं. २०८२ भदौ ०१ गते आइतबर ई.सं. २०२५ अगस्त १७ नेपाल सम्बत ११४५ गुंलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०८ बजेर ५१ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज सिंह संक्रान्ती परेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :-  प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । धन लाभको योग छ । व्यापार व्यवसायमा लगानी बढाउन सकिने समय हो । आफन्त र परिवारजनमा आत्मीयता बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रो फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् र मन प्रसन्न रहनेछ । अध्ययनमा प्रगति हुने दिन हो । व्यापारबाट धन लाभ हुनेछ । भौतिक साधन जुट्नेछ । कृषिउपज तथा पशुधनबाट पनि फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काममा स्थानान्तरण हुन सक्छ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । गरेका कामको प्रशंसा हुनेछ । नोकरीमा पदोन्नति तथा पढाइमा प्रगति हुने समय हो । घर जग्गा वा बन्धुबान्धवसँग असमझदारी बढ्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आर्थिक कारोवार अति आवश्यक बाहेक नगर्नु उचित हुनेछ । नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । तर नसोचेको धनहानि हुने दिन हो । काममा बाधा आउन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- भविष्यका लागि विशेष काममा जग बसाउने अवसर मिल्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोट पटक वा हाड जोर्नी सम्बन्धी समस्या देखिन सक्छ । सवारी वा हतियार प्रयोगमा सावधानी अपनाउनुहोस् । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरेका कामको मूल्यांकन राम्रो हुनेछ । भौतिक साधन जुट्नेछन् । रोकिएका काम बन्नेछन् र आयआर्जनका स्रोत बढ्नेछन् । कृषि तथा पशुधनबाट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आटेको काममा सफलता मिल्नेछ । तपाईँको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्न सक्छ, सचेत रहनुहोस् । सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- समयमा काम पूरा नहुँदा अवसर गुम्न सक्छ । जिम्मेवारी बढ्नेछ । जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । अन्ध विश्वासको भरमा काम गर्दा दु:ख पाउने सम्भावना छ । धार्मिक काममा बाधा आउन सक्छ । तर रमाइलो भ्रमणको अवसर मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय बित्न सक्छ । मान सम्मानसहित आम्दानी बढ्ने समय हो । जीवन साथीको सहयोगले लाभ र आनन्द प्राप्त हुनेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । शुभ कार्य सम्पन्न हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ प्रेम सम्बन्ध बन्ने वा प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु आवश्यक छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारको सहयोगले उत्साह बढ्नेछ । स्वास्थ्यका लागि भारी खानपानमा सचेत रहनुहोस् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष काम बन्नेछन् । दाम्पत्य जीवन सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई लाभदायी दिन हो । टाढाको यात्राको सम्भावना छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यापार व्यवसायमा संलग्नहरूलाई फाइदा हुनेछ । रुचिका क्षेत्रमा लगानी बढाउन सकिने समय हो । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ । रोगले सताउन सक्छ । सरकारी निकायबाट कडि कडाउ भोग्नुपर्ने सम्भावना छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया