शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन ३१ गते शनिबारको राशिफल

शनिवार , श्रावण ३१, २०८२

आज बि.सं. २०८२ साउन ३१ गते शनिबार ई.सं. २०२५ अगस्त १६ नेपाल सम्बत ११४५ गुंलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १६ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज श्रीकृष्ण जन्माष्टमी र गोरखकाली पूजा रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले तत्परता देखाउनेछन् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले उपलब्धि दिलाउनेछ । परिवारजनको सहयोग लिनु लाभदायी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । विस्तारका लागि यात्रा हुनेछ । शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकपूर्वक अघि बढ्नुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सोख पूर्तिका लागि खर्च बढ्नेछ । दाम्पत्य जीवनमा रमाउने समय छ । प्रेमको बन्धन कसिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । खानपानमा सावधानी अपनाउनुहोस्, आलस्यले अवसर गुम्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने समय हो । तर अरूको भरमा बसेर काम रोकिन सक्छ, हिम्मतपूर्वक अघि बढ्नुहोस् । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-  रोकिएका काम बन्नेछन् । संघर्षबाट अधिकार स्थापित हुनेछ । शत्रु किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ पाइनेछ । सहयोगीहरूको राम्रो साथ रहनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- ईर्ष्यालुहरूले अवरोध पुर्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्नुहोस् । चुनौती चिर्दै काम बन्नेछ । खर्च बढ्ने संकेत छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सकिनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- माता पिता वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । व्यापार लगायत आर्थिक काममा लाभ हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जिएपनि मान्यजनको सुझाव लिनु लाभदायी हुनेछ । भेटघाटको अलमलले नोक्सान हुन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मतको कमीले पछि पर्न सकिन्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ । कमजोर मानसिकताले पछि पार्न सक्छ, तर हिम्मत गर्दा पुरुषार्थी काम बन्नेछन् । रोकिएका काम बन्ने र नयाँ सुरु गर्ने समय हो । उद्योग व्यवसायमा विशेष फाइदा हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- विशेष योजना गोप्य राख्नुहोस् । पुरानो तरिकाले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख हुन सक्छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या आएपनि धन आर्जनको मौका छ । पारिवारिक जमघटमा रमाइलो हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- समयको गतिलाई पछ्याउनुहोस् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । धैर्यपूर्वक निरन्तर प्रयत्न गर्दा धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया