काठमाडौँ ,२८ साउन – चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीत ‘पुलतीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो। तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ । यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
https://www.youtube.com/watch?v=jINNUJzvTaM