शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन २८ गते बुधबारको राशिफल

बुधवार , श्रावण २८, २०८२

आजको राशिफल बि.सं. २०८२ साउन २८ गते बुधबार ई.सं. २०२५ अगस्त १३ नेपाल सम्बत ११४५ गुंलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल चतुर्थी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, धृति योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व सुलेखन दिवस रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- शैक्षिक उन्नतिको अवसरहरू प्रशस्त रहनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखमय हुनेछ । खानपानमा ध्यान दिनुपर्नेछ । नयाँ काम पाइने योग छ । शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू पनि सुचारु हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकाले विपरीत लिङ्गीबाट टाढा रहनु लाभदायक हुनेछ । कुनै टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । विगतको मेहनतको उचित फल पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- माता पिता र सन्तानसँगको मतभेद बढ्ने सम्भावना छ । पढाईमा अवरोध आउन सक्छ । आजको कुनै निर्णय सोचेर लिनुपर्छ । लेनदेनमा विवाद बढ्न सक्छ । विगतको मेहनतबाट फाइदा मिल्नेछ । काममा रोकावट आउन सक्छ र मान सम्मानमा पनि आघात पुग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- नगद सहयोग गर्न रोक्नु राम्रो हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोस् । आय व्यय मध्यम रहनेछ । खर्चका बाध्यता बढ्नेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय अनुकूल छ । राम्रो फाइदा मिल्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- धार्मिक कार्यमा मन नलाग्ने, भाग्यले साथ नदिने, विश्वासघात हुने सम्भावना छ, त्यसैले गोपनीयतामा धेरै सावधानी अपनाउनु पर्नेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर हुनेछ, छुटेका मिलन हुने सम्भावना पनि छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । केही काम सोचेको समयमा सक्न नसकिनेछ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने सम्भावना छ । निर्णायक क्षमतामा कमी आउन सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- हड्डी, नशा र पेटका समस्या बढ्ने भएकाले खानपानमा विशेष सतर्कता अपनाउनुहोस् । गोपनीयता कायम राख्नु लाभदायक हुनेछ । आम्दानीका अवसरहरू प्रशस्त मिल्नेछन् । भुलेका मित्रहरूले सम्झनेछन्, तर कतिपयसँग झगडा हुन सक्छ । विद्यार्थीहरूका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिनेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- पति पत्नी बीच विवाद बढ्नेछ । घरेलु समस्याले मन चिन्तित हुनेछ । मित्र र आफन्तबाट धोका पाउन सकिन्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्दा वादविवाद हुन सक्छ । सहयोगीहरू टाढा हुन सक्छन् । प्रेमको बन्धन कसिने समय आएको छ । बोलीको प्रभावमा काम बन्ने योग छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-  नोकरी र राजनीतिमा गरेको प्रयास सकारात्मक रहनेछ । कहिले काहीं मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या आएपनि धन लाभ हुने समय छ । काममा लगनशीलता कम भए अरूले आलोचना गर्न सक्छन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- बोलाइको प्रभावमा अरुलाई विश्वास दिलाएर आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा सावधानी अपनाउनुपर्छ, नभए स्वास्थ्य कमजोर हुन सक्छ । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, ध्यान दिनुहोस् । सन्तान वा अनुयायीले प्रसन्नता दिनेछन् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आम्दानी सिमित हुने भएकाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा हुन सक्छ, लाभप्रद यात्रा कम हुनेछ । प्रेम सम्बन्धमा खटपट चलिरहनेछ । प्रेम प्रसंग अघि बढ्दा पढाईमा कमी आउन सक्छ, संयम अपनाउनुहोस् । निको भइसकेको रोग पुनः सताउने सम्भावना छ । विगतको मेहनतबाट प्रशस्त धन लाभ हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- हाड जोर्नीको समस्याले सताउनेछ । आर्थिक कारोबारमा समस्या आउनेछ । धार्मिक कार्यमा रुचि कम रहनेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनेछ, जोश र जाँगर बढ्नेछ । पुराना समस्या समाधान हुने अवसर मिल्नेछ । व्यापार र उद्योगमा फाइदा मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया