शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ,२६ साउन – मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ । देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी नदीको सहायक नदीको बहाव सतर्कता तह आसपास रहेको र नारायणी, बागमती, कर्णाली,महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीहरु को बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

प्रतिक्रिया