शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मंगलबारदेखि बिहीबारसम्म भीषण पानी पर्ने पूर्वानुमान

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ,२५ साउन – आगामी साउन २७ गते मंगलबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वामानुमान मौसमविद्ले गरेका छन् ।

मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोअनुसार मंगलवारदेखि साउन २९ गते बिहीवारसम्म पूर्वदेखि पश्चिम नेपालसम्म नै भारी वर्षा हुने सम्भावना छ ।

भिडियो सेयर गर्दै मौसमविद् पोखरेलले लेख्नुभएको छ, “मौसम पूर्वानुमान अनुसार आगामी मंगलवारदेखि बिहीवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।”

उहाँले भिडियोमा सेयर गरेअनुसार “प्रकाशित घण्टैपिच्छे वर्षा पूर्वानुमान नक्साअनुसार रातो रंग देखाइएका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने जोखिम छ । यस अवधिमा सम्भावित बाढी, पहिरो तथा जलमग्नताको खतरा रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।”

प्रतिक्रिया