आज बि.सं. २०८२ साउन २३ गते शुक्रवार ई.सं. २०२५ अगस्त ०८ नेपाल सम्बत ११४५ गुंलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल चतुर्दशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर १० मिनेट देखि ०८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ। आजको दिनमा पूर्णिमा व्रत रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आजको दिन प्रेम सम्बन्धमा निकटता र गहिरो आत्मीयता बढ्नेछ । प्रयास गर्दा महत्त्वपूर्ण सफलता हात लाग्नेछ । साथीभाइ र सहयोगीहरूको साथले आत्मबल बढ्नेछ । प्रतीक्षित उपलब्धि प्राप्त हुने समय छ । जनसम्पर्क, नेटवर्किङ तथा सार्वजनिक सम्बन्धमार्फत आम्दानीको नयाँ बाटो खुल्नेछ । परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर बजारमा लगानी गर्नु फाइदाजनक हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- परिवारजन वा जीवनसाथीसँग मतभेद र झैझगडाको सम्भावना देखिन्छ । यात्रा स्थगन गर्नु राम्रो हुन्छ । पढाइ र करियर प्रति ध्यान केन्द्रित नगर्दा असर पर्न सक्छ । खर्च र ऋणले तनाव दिन सक्छ, तर आत्ममूल्यांकन र विश्रामले मन हलुका हुनेछ । कठोर परिस्थितिमा पनि संयम राख्दै अघि बढ्नु नै सफलता हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- नयाँ कार्यमा लगाव बढ्नेछ, प्रतिस्पर्धीको मनोबल कमजोर हुने समय छ । परिवार प्रति समय दिने अवसर मिल्नेछ । एकान्त र आत्मविश्लेषणमा बित्ने समयले मानसिक ताजगी दिनेछ । पार्टनरका भावना बुझ्न प्रयास गर्नुहोस् । माता पिता तथा गुरूजनसँगको सम्बन्ध सुमधुर रहनेछ । सुदूर स्थानको यात्राको योजना बनाउने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- मिहिनेतको सकारात्मक फल प्राप्त हुनेछ । प्रभाव र सम्मान बढ्नेछ । जीवन साथी र सन्तानको साथ मिल्नेछ, तर सामान्य विषयमा पनि विवाद हुन सक्छ, त्यसैले संयम राख्नुस् । चुनौतीहरू पार गरेर सफलता हात पार्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा भाग लिनेहरूका लागि राम्रो सम्भावना देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- सिर्जनात्मक कार्यमा अग्रसर हुने दिन हो । लेखन, कला, संगीत वा अन्य प्रतिभाको प्रदर्शनबाट सराहना प्राप्त हुनेछ । पढाइ र परीक्षामा सफलता मिल्नेछ । प्रियजन र सहकर्मीका साथ सन्तुलन कायम गर्न आवश्यक छ । ज्ञान र बुद्धिको सदुपयोगबाट सम्मान प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- सुविधा बढाउने नाममा खर्च पनि बढ्न सक्छ । मनोरञ्जनमा अलमलिंदा महत्वपूर्ण कार्यमा ढिलाइ हुन सक्छ । आत्मीयजनसँग भेटघाटको योजना विफल हुन सक्छ । स्वास्थ्यमा उतारचढाव आउन सक्छ, सतर्क रहनुहोस् । घरायसी झमेलाबाट टाढा रहन मन लागे पनि केही कुराले चिन्ता दिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- साथीभाइ वा आत्मीयजनसँग सहकार्यमा सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखद रहनेछ । आर्थिक पक्ष मजबुत रहनेछ । खेलकुद वा स्वास्थ्य सम्बन्धी क्रियाकलापमा रुचि बढ्नेछ । करियर परिवर्तन वा उच्च शिक्षाको योजना बनाउने अनुकूल समय हो । तर व्यक्तिगत र सामाजिक जीवनमा सन्तुलन कायम राख्नु आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- सम्बन्ध सुदृढ हुने र रमाइलो माहोल बन्नेछ । तर बोल्ने शैलीमा संयमता नअपनाए सानातिना झगडा हुन सक्छ । आर्थिक लाभको राम्रो समय हो । उच्च पदस्थ व्यक्तिको कृपाबाट फाइदा हुने सम्भावना छ । आम्दानीमा वृद्धि हुनेछ, बोलीकै आधारमा काम बन्ने संकेत छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- परोपकारी र सामाजिक कार्यमा संलग्नता बढ्नेछ । दाजुभाइ, चेलीबेटीसँग सम्बन्ध सुधारिनेछ । व्यापार व्यवसायमा लाभदायक दिन हुनेछ । विगतका त्रुटिहरू सच्याउँदै अघि बढ्न सकिनेछ । सकारात्मक सोचले मानसिक शान्ति दिनेछ । तर, कुनै पनि निर्णय लिँदा हतार नगर्नु उपयुक्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- चिन्तन/मन्थनको समय छ । पढाइ वा करियरमा असन्तुष्टि बढ्न सक्छ । खर्च अचानक बढ्नेछ । आर्थिक साझेदारी गर्नुभएमा होसियार रहनुहोस् । कार्य क्षेत्रमा ढिलाइ वा बाधा आउन सक्छ । खास गरी समय व्यवस्थापनमा ध्यान दिनुहोस् । तनाव घटाउन ध्यान र विश्राम उपयोगी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- लक्ष्य प्राप्तिका लागि आजको मिहिनेत फलदायी हुनेछ । विदेश यात्रा वा अध्ययनको योजना बनाउने राम्रो समय हो । दीर्घकालीन योजना बनाउन अनुकूल दिन हो । लगानी, साझेदारी, सहकार्य बारे छलफल गर्न उपयुक्त छ । पुराना साथीसँगको भेटले मन रमाइलो बनाउनेछ । स्थिर आम्दानीको योजना बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आनन्ददायी वातावरणमा दिन बित्नेछ । तर, विलासितामा नियन्त्रण राख्नुपर्छ, अन्यथा झमेला आउन सक्छ । नयाँ समझौता, करार वा कारोबारबाट लाभ हुने सम्भावना छ । सञ्चार, प्लास्टिक, पेट्रोलियम वा रियल स्टेट क्षेत्रमा लाभ देखिन्छ । घरमा सानातिना कुरामा विवाद आउन सक्छ, तर आज तपाईँकै रुचिअनुसार परिस्थिति बग्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्