शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन २२ गते बिहीवारको राशिफल

बिहिवार , श्रावण २२, २०८२

आज बि.सं. २०८२ साउन २२ गते बिहीवार ई.सं. २०२५ अगस्त ७ नेपाल सम्बत ११४५ गुंलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, विष्कुम्भ योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ३० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन दही खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०५ बजेर ३० मिनेट देखि ०७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनको पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केहि रुपैँया पैसा पनि खर्च गर्नुपर्ने छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नुभएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जती फाइदा हुने छैन । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नुहोला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ भने कसैसँग मनमुटाव हुन सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- काममा मन नजानाले कामहरु अधुरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिष्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यवसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । वाहन चौपाया आदीको कामबाट फाइदा हुने देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): - व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मन लगाएर काम गर्नुहोला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । आम्दानीको स्रोत समेत बढ्नेछ ।

              राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया