बुधवार, श्रावण २० गते २०८३

Wednesday 5th August 2026

गायक पशुपति शर्मा सवार कार दुर्घटना

बुधवार , श्रावण २१, २०८२

काठमाडौँ ,२१ साउन – गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीले बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएको जानकारी दिएको छ । स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो । गायक शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया