मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

बुधवार , श्रावण २१, २०८२

काठमाडौँ,२१ साउन – साउन २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ । गीतमा अञ्जना खतिवडा र रवि ओडको गायन रहेको छ भने बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाललाई फिचर्ड गरिएको छ ।

राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ ।

तुल्सी देवी फिल्मले जुनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको फिल्ममा प्रदीप भारद्वाज र राजबहादुर सानेको लेखन रहेको छ । सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्मका निर्माता भूगोल कुमार कार्की र विकासराज जोशी हुनुहुन्छ ।

https://youtu.be/T2uRFSm0lpA

प्रतिक्रिया