शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कस्तो छ आज मंगलवारको मौसम पूर्वानुमान ?

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ,२० साउन – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ ।

हाल देशभर अधिकांश बदली रहेको छ र कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउसो देशभर अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरको छ ।

प्रतिक्रिया