शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज सोमवारकोे मौसम पूर्वानुमान ?

सोमवार , श्रावण १९, २०८२

काठमाडौ,१९ साउल – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित रहेको जानकारी दिएको छ ।

त्यस्तै हाल देशभर पुर्णतया बदली रहेको छ भने कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा सबै प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ, साथै आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया