शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार

आइतवार , श्रावण १८, २०८२

काठमाडौँ ,१८ साउन – नेप्से परिसूचकमा गिरावट जारी रहेको छ । नेप्से आइतबार ६३.७३ अंकले घटेर आज २८५८.९० विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ४.५५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सान्भी इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ भने समता लघुवित्तको शेयर ९.९६ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको लिमिटेडको ७५ करोड ३९ लाख र हिमालयन रिइन्सुरेन्सको ७१ करोड १५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

प्रतिक्रिया