शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन १८ गते आइतबारको राशिफल

आइतवार , श्रावण १८, २०८२

आज बि.सं. २०८२ साउन १८ गते आइतबार ई.सं. २०२५ अगस्त ३ नेपाल सम्बत ११४५ गुलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शुक्ल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन घिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०८ बजेर ४९ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :-  प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने बस्त्र, अलंकार आदि उपहार पाइने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परेपनि काममा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ । भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । मान सम्मान बढ्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम पनि हात लागि हुनेछ । तर, धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । माल सामान चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जितेपनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ, अधुरा काम बन्ने छन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया