शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन १६ गते शुक्रबारको राशिफल

शुक्रवार , श्रावण १६, २०८२

आज बि.सं. २०८२ साउन १६ गते शुक्रबार ई.सं. २०२५ अगस्त १ नेपाल सम्बत ११४५ गुलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, शुभ योग, विष्टि/भद्रा करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन जौ मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर ०७ मिनेट देखि ०८ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा गोरखकाली पूजा पनि पर्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- कृषि तथा पशुपालनमा सफलता मिल्नेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरू पनि सजिलै सम्पन्न हुनेछन् । व्यापार व्यवसायमा फाइदा हुनेछ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोलेमा समस्या उत्पन्न हुन सक्छ । यद्यपि सामाजिक प्रतिष्ठा मिल्नेछ र गरेका कामको प्रशंसा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका कामहरू बिस्तारै भएपनि सम्पन्न हुनेछन् । आफन्त र सहयोगीहरूबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । यद्यपि पहिलेका कमजोरी सुधार्ने मौका मिल्नेछ । टाढिएका व्यक्तिहरूको साथ पुनः पाइन सक्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- सहयोगीहरूको जुटानले काममा उत्साह थपिनेछ । खर्च भएपनि लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ । मान, सम्मान र प्रतिष्ठा कमाउने समय हो । राजनीति तथा जागिरमा प्रसिद्धि बढ्नेछ । आम्दानीमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- प्रयत्न गरेमा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । दिगो फाइदा हुने जिम्मेवारी हात पार्न सकिनेछ । रोकिएका कामहरू बन्नेछन् । काम सफल भएपनि बोझ र जिम्मेवारी बढ्न सक्छ । सुख दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- हतारको निर्णयले धोका हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । मौसमी रुघाखोकी, टाउको वा आँखा सम्बन्धी समस्या देखिन सक्छ । यद्यपि, काममा परिस्थितिको साथ रहनेछ । अरूका काममा पनि समय खर्चनुपर्ला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- रोकिएका कामहरू बन्नेछन् । व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका कामहरू सफल हुनेछन् । टाढाका शुभचिन्तकहरूको साथ मिल्नेछ । उच्च व्यक्तिसँग भेटघाट हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती आउन सक्छ । कोसिस गरेमा अवसर प्राप्त हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । तर, खर्चमा भने वृद्धि हुने देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- व्यापार व्यवसायमा विशेष लाभ मिल्ने समय छ । व्यवसायिक यात्राको सम्भावना छ । सोचेजस्तो लाभ प्राप्त हुनेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । टाढाको यात्राको सम्भावना छ । साथै चोट पटक लाग्न सक्ने सम्भावना छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- अनावश्यक भेटघाट र घरेलु समस्याले काममा बाधा पुर्‍याउन सक्छ । आकस्मिक खर्च बढ्नेछ । आर्थिक अभावले केही काम रोकिन सक्छन् । झमेला र विवादको सम्भावना छ । चोट पटक लाग्न सक्छ । कामको चाप बढ्न सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- आँटेका काम मुस्किलले सफल हुनेछन् । खर्च बढ्नेछ र पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक सम्पत्तिमा क्षति पुग्न सक्छ । पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ । काममा पनि चुनौती आउन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  रोकिएका कामहरू बन्नेछन् । दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको सम्भावना छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । लगनशीलता र मेहनतले उत्साह बढ्नेछ । व्यवसायिक भ्रमणको मौका मिल्नेछ । आदर सम्मान प्राप्त हुने सम्भावना छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया