मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सेयरबजार ३१.५० अंकले घट्यो

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार घटेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ३१.५० अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधवार १६ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३१८ स्टकको १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बिहीबार २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको सेयरमूल्य सर्वाधिक ७.१० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ६९ करोड रुपैयाँ नाघेको छ ।

बिहीबार वित्त उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक १।१८ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ भने बैंकिंङ, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

 

प्रतिक्रिया