आज बि.सं. २०८२ साउन १० गते शनिबार ई.सं. २०२५ जुलार्इ २६ नेपाल सम्बत ११४५ गुंलाथ्व द्वितिया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल द्वितिया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धी योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि लाभ समय बिहान ०७ बजेर ०५ मिनेट देखि ०८ बजेर ४७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- तार्किक क्षमताको कदर हुनेछ र सम्मान प्राप्त हुनेछ । तर साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाएर धोका दिने व्यक्तिहरूसँग सावधान रहनुहोस् । लाभ नहुने कामको जिम्मेवारी आउन सक्छ । अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउने सम्भावना छ । पढाइमा ध्यान केन्द्रित हुन गाह्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- अत्यधिक भेटघाटले काममा बाधा पुर्याउन सक्छ । आँट र दृढतामा कमी हुँदा अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य कमजोर भएपनि सामाजिक कार्यमा सक्रिय भइनेछ । सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेछ । मेहनतले अवसर जुट्नेछ र शुभचिन्तकहरूको साथ पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- काम गर्दा चुनौती आइलाग्नेछ, तर प्रयत्न गरेमा दीर्घकालीन लाभ हुनेछ । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्न अनुकूल समय हो । धेरैको साथ र समर्थन पाइनेछ । महत्वपूर्ण निर्णय लिन सकिने दिन हो । अध्ययनमा प्रगति हुनेछ । विरोध गर्नेहरू पछाडि हट्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- इच्छाले अनावश्यक खर्च बढ्न सक्छ । आलस्यले काम रोकिने सम्भावना छ । आर्थिक संकलनमा बाधा आउन सक्छ । अस्वस्थता वा काम बिग्रने डरले मानसिक तनाव बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने अवस्था आउन सक्छ । तर साथ दिने शुभचिन्तकहरूको अभाव भने रहने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- तर्कशक्ति बलियो हुने र रोकिएका काम सम्पादन हुने समय हो । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । लगनशीलताले दीर्घकालीन फाइदा दिनेछ । ऋणमोचनको सम्भावना छ । सुखद समाचार प्राप्त हुनेछ । जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- मनग्य धन आर्जन हुने दिन हो । तर पुराना सहयोगीहरू प्रतिस्पर्धी बन्न सक्ने हुँदा सतर्क रहनुहोस् । कीर्तिमानी काम सुरु गर्न सकिने समय छ । अप्रत्याशित धन लाभको सम्भावना छ । प्रतिस्पर्धीहरूले समस्या उत्पन्न गर्न सक्छन् । व्यापार र उद्योगमा फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछाडि पर्न सकिन्छ । समय र नियमको पालना गर्नुस् । विशेष जिम्मेवारी आउन सक्छ । रोकिएका काम बन्नेछन् र आम्दानीको स्रोत पनि बढ्नेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रेममा प्रगाढता आउन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भएपनि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । रोकिएका काम बन्नेछन् । नयाँ जिम्मेवारी हात पार्न सकिने समय हो । बौद्धिक वृत्तमा प्रभाव जमाउने अवसर मिल्नेछ । तर सोखले खर्च बढाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ । अवरोध बीच सामाजिक हितमा राम्रो काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय हो । शुभचिन्तकको सुझाव अवमूल्यन गर्दा समस्या आउन सक्छ । काम बिग्रने डरले सताउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- सोचेजस्तै काम बन्नेछ । नयाँ अवसरहरू प्राप्त हुनेछन् । दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिने समय हो । धार्मिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा बढ्नेछ । भाग्योन्नतिको संकेत देखिन्छ । तर कमजोर व्यक्तिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- कार्य क्षेत्रमा आम्दानीका नयाँ स्रोत खुल्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । केही समस्या देखिए पनि दिन रमाइलो हुनेछ । परिवारको साथले उत्साह बढ्नेछ । अनायासै प्रतिस्पर्धा बढ्न सक्छ । प्रतिष्ठा र अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- गरेका कामबाट राम्रो लाभ मिल्नेछ । तर साँझदेखि ईर्ष्यालुहरूका कारण समस्यामा पर्न सकिनेछ । सोख पूर्तिका लागि खर्च बढ्ने सम्भावना छ । साँझतिर सानातिना समस्यामा अल्झिनु पर्ने हुन सक्छ । रोकिएका कामहरूमा पुनः प्रयास गर्दा सफलता मिल्नेछ । आम्दानी बढेर आर्थिक पक्ष सबल बन्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्