शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन ०८ गते बिहीबारको राशिफल

बिहिवार , श्रावण ८, २०८२

आज बि.सं. २०८२ साउन ०८ गते बिहीबार ई.सं. २०२५ जुलार्इ २४ नेपाल सम्बत ११४५ दिल्लागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण औसी, चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, हर्षण योग, चतुष्पद करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा दही खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर २२ मिनेट देखि ०७ बजेर ०४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आजको दिन गोपनीयता कायम राख्नु आवश्यक देखिन्छ, किनभने नजिकका साथीसाथी वा विश्वास पात्रहरूबाटै विश्वास घातको संकेत छ । व्यक्तिगत कुरा सार्वजनिक नगर्नु नै हितकर हुनेछ । पारिवारिक वातावरणमा नयाँ आगन्तुकको आगमनले चहलपहल बढ्ने सम्भावना छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- आज मान्यजनहरूसँगको सम्बन्ध प्रगाढ बन्नेछ । पारिवारिक सदस्य, दाजुभाइ वा माइतीपक्षसँग संवाद गर्ने अवसर मिल्नेछ । विद्वान् व्यक्तिसँगको भेटघाटले मार्गदर्शन पाउने दिन हो । व्यवहारिक सोच र निर्णयले आर्थिक समृद्धिको बाटो खोल्नेछ । धार्मिक र परोपकारी काममा संलग्न हुँदा भाग्यमा सकारात्मक परिवर्तन आउने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- आज प्रसन्नता र सन्तुष्टि अनुभूत हुने दिन हो । आयआर्जनका नयाँ स्रोत खुल्नेछन् र आम्दानी पनि बढ्नेछ । प्रेम जीवनमा नयाँ मोड आउने सम्भावना छ- एकल हुनुहुन्छ भने विशेष व्यक्तिसँगको भेट हुन सक्छ । मौखिक अभिव्यक्तिले अवसर ल्याउनेछ । व्यापार/पेसामा लगानीका लागि उपयुक्त समय देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- जीवनमा नयाँ अनुभव हासिल गर्ने समय हो । व्यवस्थापन र हिसाब किताबमा ध्यान दिनुपर्नेछ । प्रियजनहरूसँग भेटघाटले सकारात्मक ऊर्जा मिल्नेछ । जीवन साथी प्रति सद्भाव राख्दा सम्बन्धमा मजबुती आउँछ । अरुको कुरामा समय खर्च गर्नुको साटो आफैंमा ध्यान दिनु राम्रो हुन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- बजेटमा सन्तुलन कायम राख्नुपर्ने दिन हो । नयाँ योजनामा लगानी गर्नुअघि सोच विचार आवश्यक छ । भावनाले भन्दा तर्कले काम गर्दा षड्यन्त्रबाट बच्न सकिन्छ । कार्य क्षेत्रमा व्यस्तता रहनेछ तर आत्मिक सन्तोष नहुन सक्छ । साँझपख मन थकित वा भावुक हुन सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- पदीय जिम्मेवारीमा बृद्धि हुने दिन हो, रोकिएको काम बन्ने संकेत छ । प्रेम सम्बन्ध गहिरिंदै जानेछ, एकान्त क्षणहरू सुखद रहनेछन् । नचिताएको स्थानबाट लाभ मिल्ने सम्भावना छ । आम्दानीको केही भाग परिवारका चाहनामा खर्च गर्नुपर्ने देखिन्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आज कार्य क्षेत्रमा उन्नतिको योग देखिन्छ, विशेष गरी महिलाहरूका लागि शुभ समय हो । पारिवारिक जिम्मेवारी बढेपनि सफलता हात पार्ने सम्भावना प्रबल छ । पढाइ वा प्रतियोगितामा सफलता मिल्नेछ । छोटो बाटोभन्दा मिहिनेत र धैर्यले सफलता दिलाउने दिन हो । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आज घर परिवार र अभिभावक प्रति झुकाव बढ्नेछ । भावनामा नियन्त्रण राख्दै पार्टनरसँग संवाद गर्नु उचित हुनेछ । सहयोगी भावना जागृत हुनेछ, परोपकारी कार्य वा सहयोगमा संलग्न हुने दिन हो । जग्गा, ढुवानी वा निर्माण व्यवसायमा लाभ मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- रहस्य, अध्यात्म वा तान्त्रिक विषय प्रति रुचि बढ्न सक्छ । काम प्रतिको रुचि घटेपनि धन आगमनको संभावना बलियो छ । स्वास्थ्य विशेष गरी रक्तचापको विषयमा सतर्क रहनु राम्रो हुन्छ । समस्यामा विश्वस्त मित्रसँग सल्लाह गर्नु हितकर हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- सुख सुविधा प्रतिको चाहना बढ्ने दिन हो । कल्पनामा रमाउने प्रवृत्ति देखिए पनि पढाइ र काममा लगाव बढाउने समय हो । साथीभाइसँगको भेटघाटले सकारात्मक ऊर्जा दिन सक्छ । निजी सम्बन्धलाई सार्वजनिक गर्न अनुकूल समय छ । घर परिवारको भावना बुझ्दै समय दिनुपर्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- पढाइ र सिर्जनात्मक कार्यमा सफलता मिल्ने दिन हो । साहसी कार्यमा पनि मन जान सक्छ । अनावश्यक कुरामा ध्यान नगरी महत्वपूर्ण काममा केन्द्रित हुनु आवश्यक छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा कमाउने मौका मिल्नेछ, तर सेवाग्राही वा सहकर्मीसँग विवादबाट टाढा रहनु राम्रो हुन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- माङ्गलिक कार्य वा पूजापाठको योजना बन्न सक्छ । प्रेम र भावनामा आकर्षण रहनेछ । सानो प्रयासले ठूलो उपलब्धि मिल्ने दिन हो । व्यवसायमा गतिशीलता आउनेछ, रोकिएका कामहरू पुन: सुरू हुनेछन् । जीवनसाथी र छोराछोरीको विषयमा ध्यान दिनु आवश्यक छ । सामाजिक सञ्जाल वा नेटवर्क विस्तारका लागि अनुकूल समय हो ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया