शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आत्माघाती नबनौं है !

मंगलवार , श्रावण ६, २०८२

अहिलेको राज्यव्यवस्था, दलहरू, राजनैतिक नेतृत्वहरू काम नलाग्ने भन्नुहुन्न ! जनताको चाहना, आवश्यकता, वाध्यता र वलिदानबाट यो अवस्थामा हामी छौं । बरू अझ हुनुपर्नेजति भएन, यसमा ककसको भूमिका केकति छ, शोषितपिडित जनताको पक्षमा अझ अगाडि जाननचाहनेको मुल्यांकन गर्नु र आफू प्रस्तुत हुनसक्नु बुद्धिमानी हुन्छ ।

यो यति स्वार्थी समाज छ कि एक दिन देश र जनताको लागि केही नगरेको मानिसले पनि आफ्नो सम्पूर्ण जीवन, सम्पत्ति, परिवार, मायाँमोह, सुनौला अवशरहरू त्यागेर राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाका लागि संगठन निर्माण गर्दै वलिदानीपूर्ण संघर्ष गर्नेहरूलाई सरापिरहेका देखिन्छन् ।

सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको आधार नबनाउनु होला ! सामाजिक सञ्जालमार्फत सत्ता गुमेका, अराजक र अपराधिक नियतका मानिसले आफ्नो अभिष्ट पूरा गर्नेगरेका छन् । हामी हमेशा मिडियालाई आधार बनाएर अभिव्यक्ति दिने अवस्थामा रहनुपर्दछ । मिडियामा पनि शोषक र सामन्त वर्गको स्वामित्त्व र स्वार्थ रहेको हुन्छ, यो पनि सर्वहारा श्रमजिवी वर्गको पक्षमा हुँदैन भनेर पनि बुझ्नुपर्छ । अनि मिडिया नाफाको प्रतिस्पर्धा पनि हो भनेर बुझ्नुपर्छ ।

राजनीति सङ्गठनमार्फत हुने भएकाले त्यसमा व्यक्तिको देवत्त्वकरण हुँदैन । व्यक्तिलाई देवत्त्वकरणले दल भित्रकै अर्को प्रतिस्पर्धिलाई मार्का पर्ने हुनाले दलमा सम्लघ्न व्यक्तिहरूको सन्तुलन भएको हुन्छ । रवी आएर गर्छ, राजा ल्याएर सबै काम गर्छ भन्ने जस्तो तुच्छ अभिव्यक्ति दिंदै हिंडेकाहरूले कि त राजनीति बुझेका छैनन् कि त स्वार्थी समुह हुन् भनेर बुझ्दा सहि हुन्छ । राप्रपा जस्तो धार्मिक साम्प्रदायिकता बोक्ने समूह त झन् अपराध पनि गरिरहेको हुन्छ । त्यस्ताको पक्षमा आफूलाई प्रस्तुत गर्नु त आत्माघाती काम हुनपुग्दछ ।

अहिले खुला र कानुनी शासनव्यवस्था छ । यति हुँदाहुँदै पनि यो जनपक्षीय चाहिँ भएको छैन । कुनै एउटा गडबडि, अपराध वा अन्य केही बेथिति देखियो भने हजार मिडिया र लाख वटा सामाजिक सञ्जालका पोस्टहरूबाट प्रस्तुत भएको हुन्छ । यो देख्दा लाग्छ– गडबडि, अपराध र बेथिति व्याप्त छ । यश स्थितिलाई मिलाएर बुझिएन भने आफै बधनियतका व्यक्ति र स्वार्थी समुहको भ्रम र उपयोगमा परिन्छ । अहिलेको खुल्ला, स्वतन्त्र र वैधानिक समाजमा आफुलाई व्यवस्थित र अनुकुल गराउन सकिएन भने आफैलाई सबैभन्दा बढि हानी हुनपुग्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया