शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन ०५ गते साेमवारको राशिफल

सोमवार , श्रावण ५, २०८२

आज बि.सं. २०८२ साउन ०५ गते सोमबार ई.सं. २०२५ जुलाई २१ नेपाल सम्बत ११४५ दिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २१ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा शरीर एनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४५ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कामिका एकादशी व्रत रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- सोचेभन्दा बढी धन आर्जन गर्ने सम्भावना छ, तर इज्जत जोगाउने वा आडम्बर देखाउने प्रयासमा खर्च समेत बढ्न सक्छ । आफ्नै व्यक्तिगत सुखका लागि केही रकम खर्च हुनेछ । यद्यपि, अप्रत्याशित लाभको सम्भावना समेत देखिन्छ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ । गुरुजन, विद्वान् वा अनुभवी व्यक्तिहरूसँग सङ्गत गर्ने अवसर मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- सुसुप्त सपना र चाहनालाई जीवन्त बनाउने उत्तम समय हो । जोखिमपूर्ण देखिने कार्यहरू पनि सजिलै सम्पन्न हुनेछन् । वरिष्ठ वा अनुभवी व्यक्तिहरूसँगको सहकार्यबाट आफ्ना प्रतिभा निखार्ने मौका पाइनेछ । पारस्परिक माया र समझदारी कायम रहनेछ । जीवनशैलीमा सुधार ल्याउन सके प्रेम सम्बन्धमा सकारात्मक असर पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मौजमस्ती र रमाइलोमा अधिक समय बिताउँदा आर्थिक संकट देखा पर्न सक्छ । दानपुण्य र सामाजिक कार्यमा खर्च बढ्न सक्छ । तर, खाद्य पदार्थ, तरकारी, सौन्दर्य प्रसाधन र पेयवस्तु व्यापारमा लाभ हुनेछ । नयाँ मानिस घरमा आइरहेका छन् भने विशेष सतर्कता अपनाउनुहोस् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- बौद्धिक क्षेत्र र ज्ञानसम्बन्धी कार्यमा मिहिनेत गर्नुपर्ने दिन हो । सहकर्मी वा जुनियरहरूको व्यवहारले चिन्ता दिन सक्छ, तर आफ्नो क्षमता अनुसार अवसर प्राप्त हुनेछ । पदोन्नति वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ । देश-विदेश भ्रमणको योगसमेत देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आनन्द वा प्रेमजीवनभन्दा कार्य क्षेत्रमा व्यस्तता रहनेछ । समयमै लवमेटलाई सन्देश दिई सन्तुलन कायम गर्न सकिनेछ । दाजुभाइ वा ससुराली पक्षसँग सम्बन्ध प्रगाढ हुनेछ । सहकर्मी र व्यवस्थापन पक्षसँग समन्वय राम्रो हुनेछ । नयाँ प्रविधिको प्रयोगबाट उत्पादनमा वृद्धि सम्भव छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- ज्ञान र अध्ययनमा रुचि बढ्नेछ । शुभ चिन्तकहरूको साथ पाइनेछ । काठपात, प्लास्टिक, रबर, वा निर्माण सम्बन्धी कारोबार लाभदायक हुनेछ । सामाजिक वा पारिवारिक कार्यक्रममा सहभागी भइनेछ । यद्यपि, आफ्ना नियमित काममा केही व्यवधान आउन सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- शारीरिक थकान र मानसिक चञ्चलता बढ्न सक्छ । आफन्तका लागि बलियो भएर उभिनुपर्ने दिन हो । सहकर्मीहरूसँग समन्वय गर्दै अघि बढ्दा फाइदा हुनेछ । दबाबमा गरिने कामले पछिसम्म पछुतो हुन सक्छ । ससाना कुरामा मन कमजोर हुन सक्छ, तर धैर्य आवश्यक छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आम्दानी राम्रो हुने संकेत देखिन्छ । तर मन भावुक र अलमलिएको हुन सक्छ । पारिवारिक सुख पाइनेछ । वैवाहिक जीवनमा सुमधुर पलहरू व्यतीत हुनेछन् । कला वा अभिनयमा रुचि राख्नेहरूले सिर्जनात्मक कार्यमा संलग्न हुनुपर्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- अनावश्यक चिन्ताले ग्रस्त बनाउने दिन हो । काममा सफलता प्राप्त गर्न बढी मेहनत गर्नुपर्छ । स्वास्थ्य र आहारमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ । प्राकृतिक वातावरणमा समय बिताउँदा मानसिक सन्तुलन फर्किन सक्छ। परिवारको चाहनाको कदर गर्नुपर्ने दिन हो । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- गोपनीयता राखेर काम गर्दा प्रशंसा पाइनेछ । परिवार र छोराछोरीतर्फ ध्यान दिनुपर्ने समय हो । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा खुसीको अनुभूति हुनेछ । आत्मविकास र ज्ञान वृद्धिका लागि प्रयास गर्नु उपयुक्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- मनोरञ्जन वा खेलवाडमा अल्झनु लक्ष्य प्राप्तिमा बाधक बन्न सक्छ । आफ्ना विषय वस्तुमा अरूले हस्तक्षेप गर्न सक्छन्, सतर्क रहनुहोस् । गोपनीय भेटघाट वा छलफलको विषय लुकाउन आवश्यक हुन सक्छ । सहकर्मीबीच समझदारी कायम राख्दा तनाव कम हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- पारिवारिक वातावरण सुखद रहनेछ । साथीभाइसँग नयाँ योजना बनाउने समय हो । भ्रमणमा निस्कने अवसर मिल्नेछ । मिहिनेत अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । दाजुभाइ, छरछिमेकीसँगको सहयोगले कार्यमा सहजता आउनेछ । व्यक्तिगत पहिचान र प्रतिष्ठा बढ्ने दिन हो ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया