सुनकोशी गाँउपालिकाको पहलमा पुरातत्व विभागले गत आर्थिक वर्ष मर्मत सम्हार गरेको जीर्ण भएको सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुरमा रहेको ऐतिहासिक पाटी । बिपी राजमार्ग सञ्चालनमा नआउन्जेल रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका मानिसहरु राजधानी काठमाडौँ आवतजावत गर्दा यही पाटीमा बास बस्ने स्थानीय बताउँछन् ।