शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन ०४ गते आइतबारको राशिफल

आइतवार , श्रावण ४, २०८२

आज बि.सं. २०८२ साउन ०४ गते आइतबार ई.सं. २०२५ जुलाई २० नेपाल सम्बत ११४५ दिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, कृतिका नक्षत्र, गण्ड योग, विष्‍ट करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा धिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४५ मिनेट देखि ०७ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- सञ्चार र नेटवर्किङमा अलमलिने सम्भावना छ । पराइसँग व्यवहार गर्दा शब्द र प्रस्तुतिमा ध्यान पुर्‍याउनुहोला । आम्दानी सहज देखिए पनि खर्चमा होसियार रहनुपर्छ । अत्यधिक बोलाइभन्दा संकेत र हाउभाउका माध्यमबाट काम बन्ने समय हो । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- सरकारी वा प्रशासनिक समस्याको समाधान हुनेछ । प्रतिष्ठा र धनमा वृद्धि देखिन्छ । व्यापारमा प्रगति हुनेछ । तर अहंकारबाट टाढा रहनु उपयुक्त हुन्छ । पारिवारिक सुख र वैवाहिक सम्बन्धमा मिठास रहने दिन हो । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- थकान, दुविधा र बोझ महसुस हुन सक्छ । आर्थिक निर्णयमा होसियार रहनुहोस् । ठूला योजनापछि मात्र काम थाल्नुहोला । आर्थिक संकटको सम्भावना रहन सक्छ, त्यसैले सतर्कता जरुरी छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- भावनात्मक रुपमा विशेष दिन हो । सहकर्मी वा जीवनसाथीसँग सम्बन्धमा मिठास आउनेछ । व्यवसाय र काममा प्रगति हुने संकेत देखिन्छ । जिम्मेवारी बढ्न सक्छ, तर प्रयास सफल हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- कर्मठ भएर काम गर्नुपर्ने दिन हो । जीवन साथीसँग सन्तुलन राख्नुपर्छ । परीक्षामा राम्रो नतिजा आउने संकेत छ । वरिष्ठ कर्मचारीको साथ र मान्यजनको आशीर्वादले सफलता प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- धार्मिक र परोपकारी कार्यमा रुचि बढ्नेछ । ज्ञान र आम्दानी दुवैमा वृद्धि हुनेछ । परिश्रम गरे अनुसार भाग्यले साथ दिनेछ । वैदेशिक काममा पनि सफलता पाउन सकिने दिन हो । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- कडापन र निरंकुश व्यवहारले समस्या ल्याउन सक्छ । मानसिक चिन्ता र डरबाट बच्न एकान्त वा आध्यात्मिक साधनाको सहारा लिनु उपयुक्त हुनेछ । लेनदेनमा सतर्क रहनुहोस् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- सहयोग र सौहार्दपूर्ण वातावरण रहनेछ । नयाँ कामको सुरुवात गर्ने समय हो । आफन्त र प्रियजनसँग भेटघाट रमाइलो बन्नेछ । सृजनात्मक उर्जाले प्रेरणा दिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- परिवार र सहकर्मीले कुरा नबुझ्दा दिक्क लाग्न सक्छ । मानसिक तनाव र उल्झन हुन सक्छ । तथापि, सामाजिक प्रतिष्ठा र पदोन्नतिको योग देखिन्छ । धैर्य र विवेक आवश्यक छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- नयाँ कामको प्रस्ताव आउन सक्छ । प्रेम र पारिवारिक सम्बन्धमा सुखद अनुभूति हुनेछ । आजको मिहिनेत भविष्यका अवसरको ढोका खोल्नेछ । विशेष सफलता मिल्न सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- साझेदारी र सहकार्यका क्षेत्रमा दौडधूप बढ्नेछ । आर्थिक सन्तुलन कायम रहनेछ । रमझममा भुलेर अध्ययनमा असर नहोस् भन्नेतर्फ ध्यान दिनुहोस् । अफवाह वा आलोचनाबाट खिन्न नहुनुहोला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- व्यक्तित्व विकास र आत्मविश्वास बढाउने समय हो । परीक्षा वा अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना छ । आपसी सम्बन्ध सुदृढ गर्न प्रयास गर्नुहोस् । कार्य क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ ।  

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया